होमपेज > देशभर ७ मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प, ४ स्थानमा एकतर्फी मात्रै यातायात

देशभर ७ मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प, ४ स्थानमा एकतर्फी मात्रै यातायात

बिज्ञापन

अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक सञ्जाल नराम्ररी प्रभावित बनेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार देशभरका ७ वटा महत्वपूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ वटा मुख्य मार्गमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ । लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण सडकहरू बन्द हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ भने सामान ढुवानीमा समेत बाधा पुगेको छ ।

यस पटकको मनसुनी वर्षाले बागमती प्रदेशको सडक सञ्जाललाई सबैभन्दा बढी प्रभावित बनाएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि पूर्ण रूपमा बन्द गरिएको छ । यस्तै, मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्ड मर्मत कार्यका कारण पूर्ण रूपमा बन्द गरिएको छ र यो सडक आगामी साउन २५ गतेसम्म सञ्चालनमा नआउने प्रहरीले जनाएको छ । उता सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पनि भीषण पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

गण्डकी प्रदेश र कोशी प्रदेशमा पनि सडकको अवस्था उस्तै कष्टकर छ। स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ भने कास्कीको पोखरा–२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग पहिरो खसेका कारण एकतर्फी मात्र सञ्चालनमा ल्याउन सकिएको छ । यता कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढी आएका कारण सवारी साधनहरू एकतर्फी रूपमा मात्रै चलिरहेका छन् ।

पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरूमा पनि पहिरोले सडक अवरुद्ध पारेको छ । कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ भने रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङस्थित घोराही–रुकुम शहीद मार्गमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ । सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा पर्ने जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प बनेको छ । लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा भने पहिरो हटाइएकाले सवारी सञ्चालन पुनः सुचारु भएको छ ।

मनसुन सक्रिय भएसँगै देशका प्रमुख राजमार्गहरूमा पहिरो, बाढी र सडक भासिने जोखिम अत्यधिक बढेकाले प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । प्रहरीले वर्षायाममा लामो दूरीको यात्रा तय गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे आवश्यक जानकारी लिन, सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न र रात्रिकालीन यात्रा गर्दा थप सतर्क रहन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट