होमपेज > नेप्सेका सीईओ चुणामणि चापागाईंले किन दिए राजीनामा?

नेप्सेका सीईओ चुणामणि चापागाईंले किन दिए राजीनामा?

बिज्ञापन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएका हुन्। चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए।

सरकारले हालै अध्यादेशमार्फत विभिन्न नियामक निकायका पदाधिकारीलाई पदमुक्त गरेपछि संस्थान तथा सार्वजनिक निकायका प्रमुखहरूमाथि पनि पद छाड्ने दबाब बढेको सन्दर्भमा चापागाईंको राजीनामा आएको बताइएको छ।

नेप्से स्रोतका अनुसार पछिल्ला समय चापागाईंका केही निर्णय विवादमा परेका थिए। उनले चिया विकास निगमसँग बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि सम्झौता गरेका थिए, जसबारे सञ्चालक समितिले उनीसँग स्पष्टीकरण मागेको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्पष्टीकरण पेश गरेसँगै चापागाईंले राजीनामा पनि बुझाएका हुन्। यद्यपि, उनको राजीनामाबारे मन्त्रालयले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  2. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  3. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  4. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  5. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  6. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  7. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  8. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  9. १३ राजदूतका लागि ३ हजार आवेदन
  10. १० हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  11. ११ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  12. १२ एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  13. १३ ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  14. १४ तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  15. १५ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन