होमपेज > नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओका लागि दरखास्त आह्वान

नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओका लागि दरखास्त आह्वान

बिज्ञापन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त तथा राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको संस्थाले इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो। संस्थाको सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक तथा कार्य अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपिसहित २०८२ साल वैशाख ४ गते कार्यालय समय अपराह्न ५ः३० भित्र संस्थाको इमेल ठेगानामार्फत् वा संस्थाको कार्यालयमा हार्डकपी समेत बुझाउनु पर्नेछ।

आवेदनकर्ताले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानूनमध्ये कुनै एक विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु आवश्यक छ।

साथ,ै नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तथा व्यवस्थापन तहको १० वर्ष कार्य अनुभव हुनुपर्ने, उच्च सम्पर्क र समन्वय गर्न सक्ने क्षमता भएका र लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना गर्न सक्ने इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।

उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने तथा तलब र सुविधाहरू आपसी समझदारीमा निर्धारण गरिने संस्थाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार