होमपेज > पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्समै विरामीको गयो ज्यान

पहिरोले सडक अवरुद्ध हुँदा एम्बुलेन्समै विरामीको गयो ज्यान

बिज्ञापन

पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ।

सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स विरामी बोकेर काठमाडौँ आउँदै गर्दा वीपी राजमार्गमै अड्किएपछि २ जना विरामीको मृत्यु भएको सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार सुनकोसी गाउँपालिका-१ दुम्जामा बाढी र पहिरोका कारण ४ दिनदेखि वीपी राजमार्ग अवरुद्ध हुँदा कमलामाई नगरपालिका-४ मल्लागाउँकी ९८ वर्षकी वृद्धा टीकाकुमारी भुजेल र महोत्तरी बर्दिवास नगरपालिका-८ का ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।

भुजेलमा दमसम्बन्धी रोग थियो भने सिंजालीमा किड्नीको समस्या रहेको थियो। प्रहरीका अनुसार एम्बुलेन्सहरु बीच बाटोमै फसेपछि विरामीको मृत्यु भएको छ भने उनीहरुको शवसमेत फर्काउन सकिने अवस्था छैन। अहिले सिन्धुलीतर्फ राजमार्ग एकतर्फीमात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार