राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
राष्ट्रपति पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा सचिव राईलाई पदबाट हटाएका हुन्।
अघिल्ला सभामुख देवराज घिमिरेका पालामा नियुक्त भएका प्रतिनिधिसभाका सचिव राईलाई हटाउन सभामुख डोलप्रसाद अर्यालले यसअघि स्पष्टीकरण सोधेका थिए।


