होमपेज > राष्ट्रिय परिचयपत्रको सेवा देशभर अवरुद्ध

राष्ट्रिय परिचयपत्रको सेवा देशभर अवरुद्ध

बिज्ञापन

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरको सेवा अवरुद्ध भएको जनाएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै प्रणालीको मर्मत कार्य नसकिएसम्म सेवा सुचारु हुन नसक्ने जानकारी दिएको हो।

गत वैशाख २१ गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ दर्ता  (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न सकेको छैन। यसअघि विभागले वैशाख २३ गते नै सूचना जारी गरी मर्मत भइरहेको बताएको थियो। तर, हालसम्म पनि उक्त समस्या समाधान हुन नसकेकाले सेवा प्रभावित भइरहेको हो ।

विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको परिचयपत्र इकाईसहित सबै केन्द्रहरूलाई पत्राचार गर्दै सेवा अवरुद्ध भएको व्यहोरा जानकारी गराएको छ।

‘प्रणालीमा देखिएको समस्याको मर्मत कार्य अझै जारी छ। मर्मत पुरा नभएसम्म नयाँ इनरोलमेन्टका कार्यहरू प्रभावित हुनेछन्,’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले सेवा सुचारु हुनासाथ अर्को सूचनामार्फत जानकारी गराइने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत