होमपेज > द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित

बिज्ञापन

द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी प्रतिष्ठित ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड (DoEIA)’ अन्तर्गत ब्रोन्ज अवार्डबाट सम्मानित भएका छन्। अवार्ड प्राप्त गर्ने विद्यार्थीमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन्। उनीहरूलाई द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित नेसनल अवार्ड सेरेमोनी–२०२६ मा सम्मान गरिएको हो।

गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित समारोहमा देशभरका ब्रोंज, सिल्भर र गोल्ड अवार्ड विजेताहरूलाई आत्मविकास, सामुदायिक सेवा, नेतृत्व क्षमता र व्यक्तिगत प्रतिबद्धताको कदर गर्दै सम्मान गरिएको थियो।

‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ विश्वभर सञ्चालन हुने युवा विकास कार्यक्रम हो। यस कार्यक्रमले युवालाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा सहभागी हुन र साहसिक गतिविधिमार्फत नेतृत्व तथा व्यक्तित्व विकास गर्न प्रेरित गर्छ। ब्रोन्ज अवार्डलाई सहभागीको निरन्तर मेहनत, अनुशासन र आत्मविकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिने गरिन्छ।

विद्यार्थीहरूको उपलब्धिप्रति खुसी व्यक्त गर्दै बीईजी बोर्ड तथा बीएमसी व्यवस्थापनका तर्फबाट अरुणले उनीहरूको मेहनत, समर्पण र प्रतिबद्धताले कलेजलाई गौरवान्वित बनाएको बताए। उनले यो सफलता अन्य विद्यार्थीका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप उपलब्धि हासिल गर्न शुभकामना दिए।

कलेजले विद्यार्थीलाई यस उपलब्धिसम्म पुर्‍याउन मार्गदर्शन र निरन्तर सहयोग गर्ने राजनकुमार राईप्रति पनि आभार व्यक्त गरेको छ। बीएमसीले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

कलेजले विद्यार्थीलाई ‘ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ जस्ता सहपाठ्यक्रम तथा नेतृत्व विकासका कार्यक्रममा सहभागी गराएर आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी नागरिक निर्माणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले