होमपेज > प्रभु बैंकले गर्‍यो पोखरामा शैक्षिक केन्द्र स्थापना

प्रभु बैंकले गर्‍यो पोखरामा शैक्षिक केन्द्र स्थापना

बिज्ञापन

प्रभु बैंक लिमिटेडले पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले एजुकेशन हव स्थापना गरेको हो ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि। गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ । सिमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट बञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले यस प्रभु बैँक गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त शैक्षिक केन्द्र स्थापना गरी प्रभु बैँकको सेवालाई थप प्रभावकारी बनाईने प्रतिबद्धता व्यक्त गरेको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनबाट गरिएको थियो । प्रभु बैंकले आफ्नो  बैंकको सेवालाई परिस्कृत गर्दै जाने क्रममा गण्डकी प्रदेश कार्यालय अन्र्तगतका सम्पुर्ण शाखा कार्यालयहरुबाट सरल र सहज रुपमा नियमित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् ।

शैक्षिक केन्द्रले शैक्षिक कर्जा तथा त्यससंग सम्बन्धित विषयहरुको मात्रै समेटने भएकोले शाखा तथा शैक्षिक केन्द्रबाट प्रारम्भ गरिने कर्जाको प्रकृया अत्यन्तै छिटो तथा प्रभावकारी हुने बताएको छ । वैंंकको गण्डकी प्रदेश अन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट