होमपेज > बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

बिज्ञापन

बजाजको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर चेतक नेपालमा सार्वजनिक भएको छ ।

बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आइतबार एक कार्यक्रमका बीच चेतकको ३५०१ भेरियन्ट सार्वजनिक गरेको हो । कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो । विगत १ वर्षदेखि नेपालको विभिन्न भू–भागमा परीक्षण गरिएको यो स्कुटरले लोमान्थाङसम्मको सफल यात्रा गरिसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नक्सालमा स्कुटरको लागि छुट्टै सुविधा सम्पन्न शोरुम समेत संचालनमा ल्याएको छ ।

चेतक ३५०१ मा ३.५ किलोवाटको फ्लोरबोर्ड–माउन्ट गरिएको ब्याट्री उपलब्ध छ । जसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ भने एक पटकको फुलचार्जमा १२७ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी–होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार