होमपेज > बाघको छाला तस्करीमा चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय

बाघको छाला तस्करीमा चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय

बिज्ञापन

बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय हुने भएको छ । चिनियाँ नागरिकलाई सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको छ ।

होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा जिङ्गबिनलाई ५ वर्ष कैद सजाय हुने भएको छ भने एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने भएको छ ।

सोही मुद्दामा अन्य तीन चिनियाँ नागरिकहरु जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईलाई भने उच्च अदालतले सफाइ दिएको छ । २०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित ‘जियाङहु केजान होटल’मा प्रहरीले छापा मारेको थियो । सो क्रममा २०१ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ परेका थिए । होटलको २०३ नम्बर कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।

यस्तै, होटलबाट बुद्धचित्त ९०० गेडा, २७ केजी रुद्राक्ष, कस्तुरीको बिना जस्तो देखिने २० टुक्रा र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरू समेत बरामद गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार