होमपेज > बेइजिङमा शिशिर खनाल–वाङ यी भेटवार्ता, कनेक्टिभिटीदेखि व्यापार र प्रविधि हस्तान्तरणसम्म व्यापक छलफल

बेइजिङमा शिशिर खनाल–वाङ यी भेटवार्ता, कनेक्टिभिटीदेखि व्यापार र प्रविधि हस्तान्तरणसम्म व्यापक छलफल

बिज्ञापन

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।

भेटपछि प्रतिक्रिया दिँदै मन्त्री खनालले वाङ यीसँगको भेटप्रति खुसी व्यक्त गर्दै दुई देशबीचका विभिन्न विषयमा व्यापक छलफल भएको जानकारी दिएका छन्।

उनका अनुसार भेटवार्तामा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रहरूमा विस्तृत विचार-विमर्श भएको थियो।

“हामीले जनता–जनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्‍यौं र नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्‍याएका छौं,” मन्त्री खनालले बताएका छन्।

बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमिलाई चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको छ।

त्यसको जवाफमा चिनियाँ पक्षले नेपाल सरकारको सुशासन र आर्थिक विकासका प्राथमिकताप्रति पूर्ण समर्थन व्यक्त गर्दै नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको दूतावासले जनाएको छ।

भेटमा पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनता–जनताबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको थियो।

दुवै पक्षले यसअघि भएका सहमति र परियोजनाहरूलाई द्रुत रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको दूतावासले जनाएको छ।

द्विपक्षीय बैठकपछि परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट