होमपेज > माछापुच्छ्रे बैंक र टेनपेबीच साझेदारी, नेपालमा ‘वीच्याट पे’ मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा शुरू

माछापुच्छ्रे बैंक र टेनपेबीच साझेदारी, नेपालमा ‘वीच्याट पे’ मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा शुरू

बिज्ञापन

माछापुच्छ्रे बैंक लिमिटेडले चीनको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक टेनपे पेमेन्ट टेक्नोलोजी कम्पनी लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्दै नेपालमा वीच्याट पे (Weixin Pay) मार्फत अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी सेवा शुरू गर्ने भएको छ।

यस साझेदारीपछि चीनबाट नेपाल आउने पर्यटकहरूले चिनियाँ मुद्रा (CNY) प्रयोग गरी सिधै नेपालमा डिजिटल भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले उक्त भुक्तानीको रकम नेपाली रुपैयाँ (NPR) मा प्राप्त गर्नेछन्। बैंकका अनुसार यसले भुक्तानी प्रक्रियालाई सरल, छरितो र सुरक्षित बनाउँदै पर्यटन, होटल , खुद्रा व्यापार तथा सेवा क्षेत्रमा डिजिटल कारोबारलाई उल्लेख्य रूपमा प्रवर्द्धन गर्नेछ।

माछापुच्छ्रे बैंकले यो सेवा सुरू भएसँगै विदेशी पर्यटकका लागि नगद बोक्नुपर्ने झन्झट कम हुने र नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी लिन सहज हुने बताएको छ। साथै, भुक्तानीको सेटलमेन्ट स्वदेशमै नेपाली रुपैयाँमा हुने भएकाले विनिमय जोखिम र ढिलाइसमेत कम हुने बैंकको विश्वास छ।

बैंकले उक्त साझेदारी डिजिटल नेपाल फ्रेमवर्क, नगदरहित अर्थतन्त्रको प्रवर्द्धन, भुक्तानी पूर्वाधारको आधुनिकीकरण तथा वित्तीय डिजिटल समावेशीकरणका लक्ष्यहरूसँग मेल खाने महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार