होमपेज > मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

बिज्ञापन

नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दती निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपमा कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार