होमपेज > राति नौ बजेपछि देउसी–भैलो नगर्न काठमाडौं प्रशासनको आग्रह

राति नौ बजेपछि देउसी–भैलो नगर्न काठमाडौं प्रशासनको आग्रह

बिज्ञापन

दीपावलीको अवसरमा कानून उल्लंघन हुने गतिविधि रोक्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मैनबत्ती र बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, साथै आतिशबाजी, पटाका, भुईँचम्पा र अन्य विस्फोटक पदार्थको खरिदबिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासनले देउसीभैलो मर्यादित, अनुशासित र व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, “कुनै गुनासो नआउने गरी मात्र देउसीभैलो खेल्न, र त्यसपछि शान्तिसुरक्षामा असर नपर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौं।”

साथै, सार्वजनिक सडक, पदमार्ग र आवागमन हुने स्थानमा देउसीभैलो खेल्न वा मण्डप निर्माण गर्न निषेध गरिएको छ। प्रशासनले चाडपर्वको बेला सम्पत्ति चोरी, ठगी र आपराधिक गतिविधि बढ्ने सम्भावना हुने भएकाले घरपरिवार सुरक्षित राख्न, घर खाली राख्दा छिमेकीलाई जानकारी दिन र शंकास्पद व्यक्ति देखिए तत्काल प्रहरीलाई खबर गर्न सुझाव दिएको छ।

त्यसैगरी, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीजस्ता उपभोक्ता हितविपरीतका कार्य नगर्न भनिएको छ। यातायात क्षेत्रमा पनि प्रशासनले सवारीमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र तोकिएको भाडा मात्र लिन ध्यानाकर्षण गराएको छ।

जिल्ला प्रशासनले अनलाइन सपिङका नाममा हुने ठगी, अवैध चिठ्ठा, जुवातास लगायत गैरकानूनी कार्यबाट बच्न पनि सबैलाई सचेत रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार