होमपेज > रिभर फल्स पावरद्धारा सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद बापतको रकम जम्मा गर्न आग्रह

रिभर फल्स पावरद्धारा सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद बापतको रकम जम्मा गर्न आग्रह

बिज्ञापन

रिभर फल्स पावरले आफ्ना सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

कम्पनी सञ्चालक समितिको साउन १३ गते बसेको बैठकले सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आउँदो साउन २७ गते बैंकिङ समयसम्मको समयसीमा निर्धारण गरेको छ। तोकिएको अवधिभित्र सञ्चालकलगायत आधारभूत शेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयरबापतको प्रतिशेयर १०० रुपैयाँका दरले रकम जम्मा गर्न बैंक खाता विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।

यो अवधिभित्र कुनै सञ्चालकलगायत आधारभूत शेयरधनीबाट हकप्रद शेयरका लागि आवेदनसहितको रकम प्राप्त नभएमा नियमानुसार गरिने कम्पनीले स्पष्ट पारेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।

सर्वसाधारण शेयरधनीका लागि हकप्रद शेयर आवेदन खुला गर्नुपूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम कम्पनीका सञ्चालक लगायत आधारभूत शेयरधनी ९चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने० ले आफूले लिनुपर्ने हकप्रद शेयरबापतको रकम बुझाउनुपर्ने प्रावधान रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट