होमपेज > वाटर इनर्जी सोलुसनले सर्वसाधारणका लागि आईपीओ ल्याउने, हिमालयन क्यापिटल बिक्री प्रबन्धक नियुक्त

वाटर इनर्जी सोलुसनले सर्वसाधारणका लागि आईपीओ ल्याउने, हिमालयन क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बिज्ञापन

वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर निष्कासन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौता बिहीबार वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको ‘अप्पर देउमाइ खोला’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको लागि आवश्यक पूँजी व्यवस्थापन गर्न कम्पनीले आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

आईपीओको परिमाण, निष्कासन मिति र बाँडफाँट सम्बन्धी विस्तृत विवरण नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार