होमपेज > सडक विभाग परिसरकै हिलाम्मे बाटोको फोटो भाइरल भएकोप्रति डिभिजन कार्यालय असन्तुष्ट

सडक विभाग परिसरकै हिलाम्मे बाटोको फोटो भाइरल भएकोप्रति डिभिजन कार्यालय असन्तुष्ट

बिज्ञापन

सडक डिभिजन कार्यालय काठमाडौँले वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गरेको भन्दै असन्तुष्टि जनाएको छ । सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर नै राखी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति कार्यालयले असन्तुष्टि जनाएको हो ।

आइतबारको वर्षाका कारण विभागको कार्यालय परिसर भित्रैको सडक हिलाम्मे भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि असन्तुष्टि जनाउँदै कार्यालयले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ । ‘विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर नै राखी सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रतिक्रिया बारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको छ’, कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधार विज्ञ सम्झिने, स्वघोषित विज्ञहरूले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो ।’

उक्त सडक यसै आ।व। मा सम्पन्न हुने गरी २०८०-१०-१८ गते सम्झौता भइसकेको कार्यालयले जनाएको छ । डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले २०८०-११-१९ गते शनिवार सवग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सडक विभाग, सडक डिभिजन काठमाडौँ मातहतका सडकहरूमा खाल्डा रहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भई विदेशिने कारण मध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार