होमपेज > सशस्त्रका एसपीसहित १६ अधिकृतको एकैपटक खोसियो जिम्मेवारी

सशस्त्रका एसपीसहित १६ अधिकृतको एकैपटक खोसियो जिम्मेवारी

बिज्ञापन

सशस्त्र प्रहरी बलले प्रहरी उपरीक्षक (एसपी) सहित एकै पटक १६ जनाको जिम्मेवारी खोसेको छ । राजश्व संकलन र कार्य सम्पादनमा कमजोरी भेटिएपछि एकै पटक १६ जनालाई जिम्मेवारीमुक्त गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्रको प्रधान कार्यालयले आइतबार एक जना एसपी, एक जना डिएसपी, ७ जना इन्सपेक्टर, ६ सई र १ असई गरी १६ जनाको जिम्मेवारी खोसेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीलाई पठाइएको छ।

यस्तै बाराको बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवाका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो ।

यस्तै पर्सास्थित बोर्डर आउटपोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानियाँ क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवालबाटा, सुरक्षा बेस बहुअर्वाभाठ्टाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

त्यस्तै पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापित र कैलालीको प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नवीन चन्द, बोर्डर आउटपोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहनराम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउटपोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

सीमा इलाकामा कार्यरत कमाण्डरहरूलाई मुख्यालयबाट समेत सूक्ष्म रूपमा निगरानी बढाइएको छ । सन्तोषजनक काम नगर्ने गणपतिसहितका दर्जनौं अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारीबाट हटाइएका र कारबाहीमा समेत परेका छन् । मुख्यालयले अन्य प्रदेशमा समेत सूक्ष्म रूपमा निगरानी बढाएको छ । गण, गुल्म तथा बीओपी कमाण्डमा रहेका केही अधिकृतमाथि पनि निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार