होमपेज > साउन १५ गतेदेखि जोशी हाईड्रोपावरको हकप्रद शेयर निष्कासनमा

साउन १५ गतेदेखि जोशी हाईड्रोपावरको हकप्रद शेयर निष्कासनमा

बिज्ञापन

जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ ।

लगानीकर्ताले आगामी भदौ ४ गते सम्म हकप्रद खरिदकालागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ बाट समेत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार