होमपेज > सालपा विकास बैंकको आईपीओ बाँडफाँट, १ लाख ४३ हजार ९१७ जनालाई १० कित्ता सेयर

सालपा विकास बैंकको आईपीओ बाँडफाँट, १ लाख ४३ हजार ९१७ जनालाई १० कित्ता सेयर

बिज्ञापन

सालपा विकास बैंक लिमिटेडको सर्वसाधारणतर्फ निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुधबार बाँडफाँट भएको छ।

बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना आवेदकले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

जसमध्ये २२ लाख ६५ हजार ९५५ वटा आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन प्राविधिक कारणले रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो। बाँडफाँटअनुसार १ लाख ४३ हजार ९१७ जना लगानीकर्ताले न्यूनतम १० कित्ताका दरले सेयर पाएका छन्।

बाँडफाँटका क्रममा बाँकी रहेको ९ कित्ता सेयर समेत सोही लगानीकर्तामाझ बाँडफाँट गरिएको छ। त्यसअनुसार ९ जना आवेदकले थप ११ कित्ता सेयर पाउँदै कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार