होमपेज > २१ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

२१ अंकले बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन

शेयर बजारमा सोमबार उत्साहजनक वृद्धि देखिएको छ । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.७६ अङ्कले बढेर २८९२.७२ को विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजार परिसूचक मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभरमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन बजारमा २१ अर्ब रुपैयाँको कारोबार भएको थियो । आज कारोबार घटे पनि कारोबारको उत्साह भने कायमै रहेको देखिन्छ । आज बजारमा १४९ कम्पनीका ३११ स्क्रिप्टको कारोबार भएका छन् । त्यसमध्ये १५३ कम्पनीको मूल्य बढेका छन् ।

९६ कम्पनीको मूल्य घटेको देखिन्छ । कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख र बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको कारोबार भयो । आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा थ्रिस्टार हाइड्रोेपावर, ट्रेड टावर, र सान्भी इनर्जी प्रमुख छन्। यी कम्पनीहरूको शेयर मूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकमा भने नकारात्मक सर्किट लागेको छ । बजार २९०० को मनोवैज्ञानिक तहभन्दा माथि बन्द हुनु र कारोबार रकमसमेत उल्लेख्य हुनुले लगानीकर्ता बजारमा उत्साहित रहेको देखिएको छ ।

बजारमा आज सबै समूहको सूचक सकारात्मक हुँदा मात्रइक्रोफाइनान्स र अन्य समूह २ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार