होमपेज > ९.१९ अंक बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

९.१९ अंक बढ्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार? हेर्नुहोस्

बिज्ञापन

सोमवार शेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे ।

फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावरको ३.७५, पाँचथर पावरको ३.४९, कालिका पावरको ३.४२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट