२०८१ मंसिर ७ शुक्रबार

आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा रु. १३.४ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो चार महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले आठ लाख २७ हजार ९२५ युनिट स्मार्टफोन आयात गरेको हो। यसमा सबैभन्दा बढी चीनबाट रु. ९.१९ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। यो कुल मोबाइल आयातको लगभग दुई-तिहाई हो। भारतबाट रु. ४.०२ अर्ब बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ।

सरकारले स्मार्टफोन आयातबाट रु. २.४९ अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८.३ लाख युनिट स्मार्टफोन आयात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर