२०८२ बैशाख २९ सोमबार

साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुनगत आर्थिक वर्षको तुलनामा १.९३ प्रतिशतले बढी हो । गत वर्ष ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११।२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

यता, सञ्चालन नाफा पनि ५.२४ प्रतिशतले घटेर ७९ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । यता, चुक्ता पुँजी भने १३.३० प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ । रिजर्भमा ४ अर्ब १० करोड रुपैयाँ बढी रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड र खराब कर्जा २.५५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १.८८ रुपैयााले घटेर १६.८५ रुपैयाँमा झरेको छ । प्रतिशेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय