होमपेज > चाडपर्व लक्षित ३ करोडको बजेट विनियोजन गर्दै सुपथ मूल्य पसल सञ्चालनमा

चाडपर्व लक्षित ३ करोडको बजेट विनियोजन गर्दै सुपथ मूल्य पसल सञ्चालनमा

बिज्ञापन

नेपाल सरकारले दशैँ, तिहार, छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन सुरू गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ सालको चाडपर्वका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गर्दै सुपथ मूल्य पसल सञ्चालनको कार्यक्रम अघि सारेको हो।

सपथ मूल्य पसलमार्फत नेपाली उपभोक्तालाई चाडपर्वको समयमा अत्यधिक माग हुने दैनिक उपभोग्य वस्तुहरू उचित मूल्यमा उपलब्ध गराउने सरकारको योजना छ। नाफामूलक निजी क्षेत्रको व्यापारिक अभ्यासले चाडपर्वको समयमा मूल्यवृद्धि हुने जोखिमलाई नियन्त्रण गर्न सरकारले आफ्ना पसलहरू सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसले बजारमा मूल्य स्थिर राख्न सरकारको भूमिका अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

उक्त पसल सञ्चालन अवधि २०८१ असोज ३ देखि पुस २ सम्म काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकसहित ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। साथै, अनलाइन अर्डर मार्फत होम डेलिभरी सेवा पनि उपलब्ध गराइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । सुपथ मूल्य पसलमा विभिन्न प्रकारका चामल, दाल, तेल, गेडागुडी, चिउरा, चिनी, क्वाँटीलगायतका वस्तुहरूमा प्रतिकिलो रु ५ देखि रु ७ सम्म छुट दिइनेछ। साथै, कर्णाली क्षेत्रका सिमी, फापर, चिनो, कागुनो लगायतका परम्परागत अन्नबालीहरूमा पनि छुट दिइने योजना छ। खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट दिइनेछ।

त्यस्तै सरकारले मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायतका क्षेत्रबाट १५०० वटा खसी-बोका र ३०० वटा च्याङ्ग्रा खरिद गरी काठमाडौँ उपत्यकाको थापाथलीस्थित प्रादेशिक कार्यालयमा बिक्री गर्ने जनाएको छ । घटस्थापनादेखि नवमीसम्म विशेषगरी खसी-बोका र च्याङ्ग्राको बिक्री वितरण गरिनेछ। कम्पनीको सीमित स्रोत र जनशक्तिका कारण सबै जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्न चुनौतीपूर्ण हुने देखिएको छ। तर, स्थानीय पालिकाहरूको समन्वयात्मक भूमिकाले कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाल सरकारले यस कदमबाट चाडपर्वमा मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्ताको हितमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार