होमपेज > नर्भिक इन्टरनेसनल अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग

नर्भिक इन्टरनेसनल अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग

बिज्ञापन

नर्भिक इन्टरनेसनल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ ।
यसै साता आयोजित एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरेका हुन् । अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको हो ।

सो अवसरमा मेयर गिरीले नगरवासीलाई अत्यावश्यक औषधि उपलब्ध गराइदिन गरिएको आग्रहलाई स्वीकार गर्दै नर्भिकले औषधि सहयोग गरेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग रहने अपेक्षा गरे ।

समारोहमा अस्पताल प्रशासन प्रमुख बोगटीले नगरपालिकालाई अत्यावश्यक औषधि उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे । टेण्डर प्रक्रियामा जाँदा लामो समय लाग्ने भएपछि नगरले तत्काल आवश्यक मधुमेह, उच्च रक्तचाप लगायतका औषधिका लागि अस्पताललाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार