होमपेज > बुटवलमा फोटोन मोटर्स नेपालको नयाँ शोरुम उद्घाटन

बुटवलमा फोटोन मोटर्स नेपालको नयाँ शोरुम उद्घाटन

बिज्ञापन

फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्‍याउने प्रयासलाई थप मजबुत बनाएको छ।

व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।

असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे।

बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउने छन्।

यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ। यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ।

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्‍याए।

बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

एमएडब्लु वृद्धी कमर्सियलको बारेमा: एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ। देशभरी विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रहरूको सञ्जालमार्फत कम्पनीले व्यवसायिक क्षेत्रलाई उच्च गुणस्तरका सवारीसाधन र अन्तर्राष्ट्रिय स्तरको आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार