होमपेज > नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ६ अर्ब ८६ करोड

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ६ अर्ब ८६ करोड

बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शुक्रबार पनि सामान्य गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा बन्द भएको हो।

आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार समूहबाहेक अधिकांश उपसमूहका परिसूचक घटेका छन्।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढेको छ। त्यस्तै कुमारी इक्विटी फण्डको इकाई मूल्य ९.०९ प्रतिशतले उकालो लागेको छ।

यता, भगवती हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको शेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा भने नेपाल बैंक डिबेन्चर–२०८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चरको ८९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको आरबीबीएल डिबेन्चर–२०८३को ६९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार