होमपेज > अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

बिज्ञापन

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग भइरहेका २ लाख २३ हजार ५६८ वटा वेबसाइट तथा एप बन्द गरेको छ।

सरकारले गत चैत १३ गते जारी गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’को ४२औँ बुँदामा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणको विषय समेटेको थियो। उक्त कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख गरिएको थियो।

सोही नीतिगत निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले अवैध सट्टेबाजी तथा वित्तीय कारोबारमा प्रयोग भइरहेका वेबसाइट र एपलाई क्रमशः बन्द गर्दै आएको जनाएको छ। विशेषगरी विश्वकप फुटबलका बेला अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत चासो देखाएपछि प्राधिकरणले निगरानी र कारबाहीलाई तीव्रता दिएको हो।

यसका लागि प्राधिकरणले छुट्टै कार्यदलसमेत गठन गरेको छ। कार्यदलले इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिसँगको सहकार्यमा अवैध वेबसाइट तथा एपका यूआरएल पहिचान गरी बन्द गर्ने काम गरिरहेको जनाएको छ।

प्राधिकरणका अनुसार एउटा वेबसाइट वा एप बन्द गरिएपछि त्यसैको नाम वा स्वरूप परिवर्तन गरी नयाँ वेबसाइट तथा एप सञ्चालनमा आउनु भने मुख्य चुनौती बनेको छ। यस्तो गतिविधि नियन्त्रणका लागि प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’मार्फत निरन्तर निगरानी तथा खोजी गरिरहेको जनाएको छ।

प्राधिकरणले अवैध वेबसाइट तथा एपबारे जानकारी भएमा सम्बन्धित माध्यमबाट जानकारी गराउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार नियन्त्रणका लागि प्राधिकरणले थालेको यो अभियानले डिजिटल माध्यमबाट हुने ठगी तथा गैरकानुनी कारोबार रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’