२०८३, आश्विन २९ गते

सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

मंगलवार , आश्विन २७, २०८३

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य १० ग्रामको ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!