२०८३, आश्विन २० गते

उद्योगमन्त्री साहको प्रतिबद्धता: कानुनी अवरोध हटाएर लगानीमैत्री वातावरण बनाउँछौँ

सोमवार , आश्विन १९, २०८३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा बोल्दै मन्त्री साहले समयअनुकूल कानुन, प्रक्रिया र कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यकताप्रति सरकार सचेत रहेको बताए ।

सरकारको भूमिका सहजीकरण, नियमन तथा नीति निर्माण गर्ने र निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी तथा नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

मन्त्री साहले कानुन बाधक भए सुधार गर्ने, प्रक्रिया बाधक भए सरल बनाउने र समन्वयको कमी भए सहकार्य बढाउने प्रतिबद्धता जनाए । भ्रष्टाचार तथा अनावश्यक हस्तक्षेपप्रति भने शून्य सहनशीलताको नीति अपनाइने उनको भनाइ छ ।

डिजिटल अर्थतन्त्र, ई–कमर्स, आधुनिक आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तथा निजी क्षेत्रको बदलिँदो भूमिकालाई सम्बोधन गर्ने गरी कानुन तथा प्रक्रियालाई सरल, पारदर्शी, प्रविधिमैत्री र लगानीमैत्री बनाइने मन्त्री साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!