सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको महाराजगञ्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यसका लागि सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा सेवा लिएबापतको भुक्तानी बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (Mobile Banking) मार्फत गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार सम्झौताले ग्राहकलाई स्वास्थ्यसम्बन्धी सेवामा छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार (Digital Transaction) तर्फ जानसमेत प्रोत्साहित गर्नेछ।
सम्झौतासम्बन्धी थप जानकारी तथा सहयोगका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस