ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन् । उनी विश्व बैंकसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन् ।
त्यस्तै, परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी भ्रमणमा रहेका छन् ।
दुवै मन्त्री विदेश भ्रमणमा रहेकाले उनीहरू स्वदेश फर्किएर नियमित जिम्मेवारी सम्हाल्ने समयसम्म श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस