२०८३, आश्विन २१ गते

सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सोमवार , आश्विन १९, २०८३

सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ। कम्पनीको नियमावलीअनुसार भएको सञ्चालक नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विभिन्न पूँजी बजारसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खातासम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न उद्योगी–व्यवसायीको समेत लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन्।

उपत्यकाबाहिरका लगानीकर्तालाई सेवा विस्तार
पूँजीबजारमा काठमाडौं उपत्यकाबाहिरका लगानीकर्ताको पहुँच विस्तार गर्ने उद्देश्यले सिटिजन्स क्यापिटलले सिटिजन्स बैंक इन्टरनेसनलका देशभरका विभिन्न शाखामार्फत आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

यसबाट विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पूँजी बजार तथा व्यवस्थित लगानी सेवामा सहज पहुँच पुग्नुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!