२०८३, आश्विन २१ गते

दशैंमा नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक

मंगलवार , आश्विन २०, २०८३

दशैंको अवधिमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भन्दै नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं रुटमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो।

दशैंका बेला यात्रुवाहक सवारीसाधनको अत्यधिक चाप हुने भएकाले सडकमा आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने सञ्चालनमा रोक लगाइने छैन। यस्ता सवारीसाधन निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!