मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ४.१२ अंकले वृद्धि हुँदै २ हजार ५९९.९३ विन्दुमा पुगेर बन्द भएको हो।
परिसूचकमा सामान्य वृद्धि देखिए पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन ३५१ वटा धितोपत्रका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको मूल्य घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
मंगलबार सगरमाथा जलविद्युतको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ४४३ रुपैयाँ पुगेको छ। त्यसैगरी, नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाइ मूल्य ४.६२ प्रतिशतले बढेर ९ रुपैयाँ २८ पैसा कायम भएको छ।
यस दिन स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रुपैयाँ ४० पैसामा झरेको छ। त्यस्तै, धौलागिरी लघुवित्तको सेयर मूल्य १२.९७ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९७ रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३०१ रुपैयाँका दरले ३६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशतले बढेको हो।
त्यस्तै, माउन्टेन इनर्जी दोस्रो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ६६३ रुपैयाँका दरले २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने आठ समूहको घटेको छ। जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस