काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार हवाई फायर गर्दै एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस