२०८३, आश्विन २९ गते

उद्योगमन्त्री साह र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच शिष्टाचार भेटवार्ता

मंगलवार , आश्विन २७, २०८३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई.दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको छ।

शिष्टाचार भेटवार्ताका क्रममा उच्चायुक्त सुकलालले मन्त्री साहलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिएका थिए। उनले हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरेका थिए।

भेटमा नेपाल र दक्षिण अफ्रिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध स्मरण गर्दै दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। छलफलमा विशेषगरी व्यापार तथा लगानी विस्तार, जलवायु परिवर्तनका चुनौतीको सामना र बहुपक्षीय मञ्चहरूमा सहकार्य बढाउने विषयलाई प्राथमिकता दिइएको थियो।

बैठकमा दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादनको प्रवर्द्धन गर्ने तथा जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना खोज्ने विषयमा पनि जोड दिइएको थियो।

त्यसैगरी, दुवै देशका व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार, व्यापार तथा लगानी प्रवर्द्धन र आर्थिक साझेदारीलाई बलियो बनाउन संयुक्त व्यावसायिक मञ्च गठन गर्ने सम्भावनाबारे छलफल भएको छ।

भेटवार्ताले नेपाल र दक्षिण अफ्रिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!