प्रधानमन्त्री वालेन्द्र शाहले बडादशैंको चौथो दिन काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना गरी दर्शन गरेका छन्।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह आज बिहान १० बजे भगवतीको दर्शनका लागि मन्दिर पुगेका थिए।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवती मन्दिर पुगेका थिए।
बडादशैंको अवसरमा पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको विशेष चहलपहल रहने गर्दछ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरमा दसैँका बेला पूजाआजा र दर्शनका लागि विभिन्न स्थानबाट भक्तजन पुग्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस