२०८३, आश्विन २९ गते

मुक्तिनाथ विकास बैंकले एकैपटक हात पार्‍यो तीन अवार्ड!

बुधवार , आश्विन २८, २०८३

मुक्तिनाथ विकास बैंक लिमिटेडले Fonepay द्वारा आयोजित Fonepay Honors कार्यक्रममा विकास बैंक समूह अन्तर्गत तीन वटा अवार्डहरु प्राप्त गरेको छ । उक्त कार्यक्रममा बैंकले निम्न विधामा अवार्ड प्राप्त गरेको हो।

Highest Fonepay Direct Volume (Issuer)-  बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै संख्यामा रकमान्तर गरेको

Highest Fonepay QR Volume (Issuer) – बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै QR मा भुक्तानी गरेको

Highest Fonepay QR Volume (Acquirer)- QR मर्चेन्ट मार्फट सबै भन्दा धेरै कारोवार प्राप्त गरेको

डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछन् ।

यस उपलब्धिले बैंकलाई आगामी दिनमा अझ सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ । यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीहरूप्रति बैंक हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!