२०८३, कार्तिक ११ गते

एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा

सोमवार , कार्तिक १०, २०८३

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औँ बैठकले श्रेष्ठको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

श्रेष्ठको राजीनामासँगै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिइएको छ। सञ्चालक समितिको निर्णयअनुसार उनको जिम्मेवारी पनि कात्तिक १० गतेदेखि लागू भएको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेसम्म होमबहादुर श्रेष्ठले कामु सीईओका रूपमा कम्पनीको नेतृत्व गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images