सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सुविधामार्फत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार ग्राहकले आफ्नो नाममा रहेको सेयर धितो राखेर आवश्यक कर्जा लिन आवेदन दिन सक्नेछन्। यस सुविधाअन्तर्गत धितोमा रहने सेयरको मूल्यांकनका आधारमा मूल्यको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्नेछ।
बैंकको मोबाइल बैंकिङ एपबाटै आवेदन दिन सकिने भएकाले ग्राहकलाई सेयर धितो कर्जाको प्रक्रिया सुरु गर्न थप सहज हुने बैंकको अपेक्षा छ। यस कर्जाबाट ग्राहकले व्यक्तिगत तथा व्यावसायिक आवश्यकता पूरा गर्न सक्ने बैंकले जनाएको छ।
छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यो सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट पनि उपलब्ध हुने बैंकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस