२०८३, कार्तिक १९ गते

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधवार , कार्तिक १८, २०८३

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। कार्यक्रममा मन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिँदै कोषको संस्थागत गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका थिए।

निक्षेप तथा कर्जा सुरक्षण कोष बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको निक्षेपको सुरक्षण गर्ने र लक्षित क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने सरकारी संस्था हो। कोषले प्राकृतिक व्यक्ति निक्षेपकर्ताको प्रतिव्यक्ति प्रतिवित्तीय संस्थामा अधिकतम पाँच लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images