कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले ८० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। कम्पनीको कुल निष्कासनमध्ये १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। बाँकी ६३ लाख कित्ता अर्थात् ७८.७५ प्रतिशत सेयर भने अन्य समूहका लागि छुट्याइएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस