२०८३, कार्तिक १९ गते

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने, ११.९६ प्रतिशत बोनस सेयर

बिहिवार , कार्तिक १९, २०८३

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ११.९६३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ।

लघुवित्तको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images