२०८३, कार्तिक १९ गते

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम

बिहिवार , कार्तिक १९, २०८३

तनहुँ जलविद्युत् आयोजनाले प्रभावित परिवारको आयआर्जन क्षमता बढाई दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले २२ कृषकलाई व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ।

आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत व्यास र भिमाद नगरपालिका तथा म्याग्दे र ऋषिङ गाउँपालिकाका आयोजना प्रभावित कृषकलाई तालिम दिइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा विज्ञहरूले व्यावसायिक बाख्रापालनको व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना र सामुदायिक विकासलाई लक्षित गरी आयोजनाले हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ। ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन्।

आयोजनाले प्रभावित परिवारलाई लक्षित गरी इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिम सञ्चालन गरिसकेको छ।

जीविकोपार्जन पुनःस्थापना योजनामार्फत प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ। यस्ता कार्यक्रमबाट प्रभावित परिवारको आर्थिक आत्मनिर्भरता बढाउने र दीर्घकालीन जीविकोपार्जनका आधार तयार गर्ने लक्ष्य राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images