होमपेज > काठमाडौंका तारे होटलमा नै गुणस्तरहीन खाना, १६ वटा तारे होटललाई ३/३ लाख जरिवाना

काठमाडौंका तारे होटलमा नै गुणस्तरहीन खाना, १६ वटा तारे होटललाई ३/३ लाख जरिवाना

बिज्ञापन

काठमाडौं उपत्यकामा सञ्चालित तारे होटेलले अखाद्य वस्तु प्रयोग गरी खाना तयार गर्ने गरेको फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समयमा तारे होटेल केन्द्रित गरेको अनुगमनको क्रममा यस्तो फेला परेको हो ।

विभागका प्रवक्ता आनन्दराज पोखरेलले उपत्यकका नाम चलेका तारे होटलले नै गुणस्तरहीन खाना र खाजा खुवाउँदै आएको फेला पारिएको जानकारी दिए । उनका अनुसार खाना र खाजा तयार पार्न ति होटेलहरुले प्रयोग गर्ने मरमसला, खानेतेल, विभिन्न प्रकारका खाद्यजन्य पदार्थहरु म्याद नाघेको अवस्थामा फेला परेको हो ।

‘विभागले सुरु गरेको तारे होटेल केन्द्रित विशेष अनुगमनको क्रममा त्यस्ता होटेलले खाना र खाजा तयार पार्न प्रयोग हुने सबै प्रकारका खाद्यजन्य पदार्थ म्याद नाघेको अवस्थामा फेला परेको छ,’ पोखरेलले भने,‘उपभोक्ताबाट चर्को मूल्य लिएर मानव स्वास्थ्यलाई हानी पुर्‍याउने गरी गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्न पाइँदैन ।’

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नुका साथै ठगिसमेत गरेकाले विभागको अनुगमन टोलीले १६ वटा तारे होटेललाई जनही ३–३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागले फागुन १३ गतेदेखि तारे होटेल केन्द्रित विशेष अनुगमन गर्न सुरु गरेको छ । त्यो क्रममा आइतबारसम्म उपत्यकाको १६ वटा पाँच तारे होटेलमो अनुगमन गरी ति सबै होटेलबाट जरिवाना गराइएको छ । यसबाहेक ति होटेलहरुबाट म्याद नाघेको अवस्थामा पाइएको खाद्यजन्य कच्चा पदार्थसमेत ठूलो परिमाणमा बरामद गरी नष्ट गरेको छ ।विभागले होटेलको नाम भने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार