होमपेज > के तपाईं प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्नुहुन्छ? हुन सक्छ यस्तो नोक्सानी

के तपाईं प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्नुहुन्छ? हुन सक्छ यस्तो नोक्सानी

बिज्ञापन

हामी सबैको भान्सामा तरकारी काट्न प्रयोग हुने चिज हो चपिंग बोर्ड । चपिंग बोर्ड कुनै प्लास्टिकका त कुनै काठका हुन्छन् । तर प्रायजसोले प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्छन् ।

के तपाई पनि प्लास्टिकको चपिंग बोर्ड प्रयोग गर्नुहुन्छ भने अब देखी सचेत रहनुहोस् । प्लास्टिकको चपिंग बोर्डमा तरकारी काट्नु स्वास्थ्यका हानिकारक हुन्छ । प्लास्टिकको चपिंग बोर्डमा राखेर काटेका तरकारी हानिकारक माइक्रोप्लास्टिकको एउटा खतरनाक श्रोत हुन सक्छ । माइक्रोप्लास्टिकका साना कण हुन्छन् जुन खानासँग तपाईँको पेटमा पुग्दछन् ।

प्लास्टिकको चपिंग बोर्ड मात्र नभएर राम्रोसँग सफा गरिएन भने काठको चपिङ बोर्डमा काटिएका तरकारीहरु पनि स्वास्थ्यका लागी नोक्सानदायक हुन सक्छ । यसकारण तरकारी काटिसकेपछि चपिङ बोर्ड राम्ररी सफा गरेर राख्न आवश्यक छ । प्लास्टिकको चपिंग बोर्डको प्रयोग गर्दा वान्ता हुने तथा पखाला लाग्ने जस्तो समस्या पनि हुन सक्छ । यस्तो भयो भने यसको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।

प्लास्टिकको चपिंग बोर्डलाई सफा राखेर प्रयोग गर्दा यसका किटाणु मरे पनि तरकारी वा फल काट्ने समयमा आउने प्लास्टिकबाट भने बच्न सकिँदैन । त्यसैले तुलनात्मक रूपमा काठको चपिंग बोर्ड प्रयोग गर्नु सुरक्षित हुन्छ । तर, यसको सरसफाईमा भने एकदमै धेरै ध्यान दिनुपर्छ । तपाईँहरूले आफ्नो भान्सामा गर्ने स–सना गल्तीहरूले तपाईँलाई रोगको सिकार बनाउन सक्छ यसकारण आफू स्वस्थ रहन पहिला भान्सालाई स्वस्थ बनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट