होमपेज > जाडो याममा राति किन धेरै खोकी लाग्छ?

जाडो याममा राति किन धेरै खोकी लाग्छ?

बिज्ञापन

जाडो मौसममा रुघाखोकीले हर कसैलाई सताउछ। चिसो मौसममा जता हेर्‍यो, मानिसहरू रुघाखोकीले ग्रस्त भइरहेको देखिन्छ।

रुघाखोकीको समस्याबाट छुटकारा पाउनका लागि मानिसहरूले धेरै उपाय अपनाउने गर्दछन्। रुघाखोकीबाट ग्रसित भएका मानिसहरू दिनभर बिना कुनै समस्या काम गरे पनि राति भने खोकीले धेरै सताउन थाल्छ । खोकीका कारण धेरैजना राति सुत्न समेत सक्दैनन्।

आखिर राति खोकीको समस्या किन बढी हुन्छ?, के यसको पछाडि कुनै चिकित्सा कारण छ? 

चिकित्सकहरू पनि राति खोकीको समस्याले बढी सताउने बताउँछन्। शरीरको अवस्था र वातावरणमा आएको परिवर्तनका कारण रातमा यो समस्या बढ्छ। जब हामी सुत्छौँ, हाम्रो शरीरको अवस्था परिवर्तन हुन्छ, जसले श्वासप्रश्वास प्रणालीमा थप दबाब दिन्छ। चिसो हावा र राति हावा सुक्खा हुनाले पनि खोकी बढाउन सक्छ। यस समयमा श्वासनली बढी सुन्निने, जलन हुने वा जाम हुने हुँदा खोकीको समस्या बढ्छ।

चिकित्सकका अनुसार सुत्ने बेलामा घाँटीमा कफ जम्न सक्छ, जसका कारण घाँटीमा असहजता महसुस हुन्छ र खोकी लाग्न थाल्छ। यो समस्या सामान्यतया रुघाखोकी, फ्लू वा एलर्जीको कारणले हुन्छ। दमका बिरामीले पनि राति बढी खोकीको सामना गर्नुपर्ने हुन्छ।

जब शरीर आराम मोडमा हुन्छ, श्वासप्रश्वास प्रणालीमा जलन बढ्छ, जसले खोकी बढाउँछ। ग्यास्ट्रोएसोफेगर रिफल्क्स डिजिज पनि राति खोकी बढ्नुको मुख्य कारण हुन सक्छ। धुलो वा धुवाँ जस्ता एलर्जी भएका मानिसहरूलाई पनि राति खोकी लाग्छ।

राति खोकीबाट कसरी राहत पाउने? 

यसबारे चिकित्सकले राति मनतातो पानी पिउनाले रुघाखोकीबाट राहत पाउन फाइदा हुने बताए। यसले घाँटीलाई शान्त पार्छ। अझ मनतातो पानीमा मह र अदुवा मिसाएर पनि पिउन सक्नुहुन्छ।  राति हावा सुख्खा हुन सक्छ, जसले घाँटीलाई अझ सुकाउँछ। यस्तो अवस्थामा कोठामा आर्द्रता कायम राख्न ह्युमिडिफायर प्रयोग गर्नुहोस्, यसले घाँटी र श्वासप्रश्वास प्रणालीमा हुने जलनलाई कम गर्छ र खोकीबाट राहत दिन्छ। रुघाखोकी बढ्दै गएमा सिरानीको सहाराले टाउको अलि माथि राखेर सुत्ने प्रयास गर्नुहोस्।

यदि तपाईँको खोकी एलर्जीसँग सम्बन्धित छ भने एलर्जीको कारणबाट बच्ने प्रयास गर्नुपर्ने विज्ञहरूले बताएका छन्। कोठामा धुलो र धुवाँबाट बच्न एयर प्युरिफायर प्रयोग गर्नुहोस्। यदि सबै उपायहरू गर्दा पनि रुघाखोकीको समस्याबाट मुक्ति मिल्दैन र रुघाखोकी एक साताभन्दा बढी रह्यो भने यस्तो अवस्थामा डाक्टरसँग परामर्श गरी आफ्नो जाँच गराउनुपर्छ। चिकित्सकको सल्लाहबमोजिम औषधि वा सिरप सेवन गर्नुहुँदैन।

कहिलेकाहीँ खोकी केही रोगको लक्षण पनि हुन सक्छ, यस्तो अवस्थामा चिकित्सकले यसको सही कारण बताउन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट