होमपेज > ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

बिज्ञापन

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफुहरू भयभीत भएको बताएका छन्।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताउनुभएको छ। उहाँका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ। एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ। ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।

ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ। पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भइ घरहरुमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन्। ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट